काठमाडौं। खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै कम्पनीले साधारण सभा बोलाएको हो।
कम्पनीले असोज ७ गते वार्षिक साधारण सभा बोलाएको बताइएको छ। साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले जनाएको छ।