काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँ घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।