काठमाडौं। आज सुनको मुल्य स्थिर रहेको छ। हिजो प्रतितोला तीन सय रुपैयाँले घटेको सुनको मुल्य आज स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सोही मुल्य कायम भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही कायम रहेको महासंघले जनाएको छ।