काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ।
यसैगरी युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा निर्धारण भएको बैंकले जनाएको छ।
राट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६६ पैसा कायम भएको छ।
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर नौ रुपैयाँ २२ पैसा कायम भएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ। यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ।