काठमाडौं। लुम्बिनी प्रदेशमा तौलिहवा वितरण केन्द्रको विद्युत चुहावट सबैभन्दा बढी देखिएको छ। प्रदेशका २० वटा वितरण केन्द्रहरूमध्ये गत आर्थिक वर्ष २०८०/०८१ मा तौलिहवा वितरण केन्द्रको विद्युत चुहावट सबैभन्दा बढी रहेको हो।
नेपाल विद्युत प्राधिकरणको नेपालगन्जस्थित डिभिजन कार्यालयका अनुसार तौलिहवा केन्द्रको विद्युत चुहावट १९.५५ प्रतिशत भएको देखिएको हो।
सबैभन्दा कम विद्युत चुहावट भएको केन्द्र भने कोहलपुर वितरण केन्द्र रहेको छ। कार्यालयका अनुसार कोहलपुरको विद्युत चुहावट ३.२७ प्रतिशत मात्र देखिएको छ।