काठमाडौं। काठमाडौंका नदी किनारमा संरचना बनाउन नपाउने बारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ। काठमाडौँ महानगरपालिकाले नदी किनारको थप २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाउने भनी गरेको निर्णयबारे विवाद उत्पन्न भएपछि सरकारले अध्ययन गर्न कार्यदल गठन गरेको हो।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा सहसचिव यज्ञप्रसाद भट्टराई, वन तथा वातावरण मन्त्रालयका सहसचिव मेघनाथ काफ्ले, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शिवप्रसाद रेग्मी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलसहित ८ जना छन् ।
कार्यदललाई भदौ २५ भित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।