काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा पुष्प तथा फलफूल थोक बजारको भवन निर्माण कार्य समयमै पूरा गर्न निर्देशन दिएका छन्। कृषिमन्त्री अधिकारी शुक्रबार निर्माणाधीन उक्त भवनको स्थलगत निरीक्षण गर्दै समयमै पूरा गर्न निर्देशन दिएका हुन्।
उनले भवन निर्माणको काम तत्काल पूरा नगरे कारबाही गर्ने निर्माण कम्पनीलाई चेतावनी समेत दिएका छन्। उक्त बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।
असार २०७३ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम ११ पटक म्याद थप गर्दा समेत पूरा हुन सकेको छैन। भवन निर्माणको काम अझै १३ प्रतिशत बाँकी छ।