काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
यसैगरी युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर एक सय ४८ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।
क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा रहेको बताइएको छ।
यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा निर्धारण भएको बैंकले जनाएको छ।