दोलखा। जिल्लाको गौरीशंकर गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। गाउँपालिकाको तिन तलाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो।
संघीय सरकारको स्थानीय पूर्वाधार विकास अन्तर्गत ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत अनुदानमा प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
३ आर्थिक वर्ष लगाएर सम्पन्न गरिएको भवन दुई करोड ५८ लाखमा निर्माण सम्पन्न भएको गाउँपालिकाले बताएको छ।
निर्माण कार्य सम्पन्न गरेर अहिले कोठामा कार्पेटिङको काम भइरहेको र सबै काम सकिएपछि नयाँ भवनबाट सबै सेवा सुचारु गर्ने बताइएको छ।