काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा १ हजार २ सयले सुनको मुल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ५२ हजार १ सयमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेको हो।
आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।