रौतहट। जिल्लाको मौलापुर नगरपालिका–४ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ। लगभग एक करोड लागतमा उक्त भवन निर्माण कार्य सुरु गरिएको हो।
२ तलाको पक्कि भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ। मेयर रिना कुमारी साहले उक्त भवनको शिलान्यास गरेकी हुन्।
उक्त भवन एनएम कन्ट्रक्सन सर्लाहीले निर्माणको जिम्मा पाएको बताइएको छ। यसै आर्थिक वर्ष भित्रमा उक्त भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भएको नगरपालिकाले बताएको छ।
भवन निर्माण भएपछि वडा नं. ४ को सबै कामहरु सोही नयाँ भवनबाट गरिने बताइएको छ।