तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा दैनिक सात घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। हिजो (मङ्गलबार) देखि छ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।
दमौली बजारको सडकमा विजुलीको पोल गाड्ने काम हुँदैछ। मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको कममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेको हो।
विद्युत प्राधिकरणको तनहुँ वितरण केन्द्रका अनुसार उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यको लागि भदौ २५ गते देखि ३० गते सम्म दमौली फिडरवाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने भएको हो।
व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चाप घाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत प्राधिकरणको तनहुँ वितरण केन्द्रले जनाएको छ।