काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ।
यसैगरी आज युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा निर्धारण भएको बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा तय भएको छ।
यता साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा तोकिएको छ।