काठमाडौं। आज सुनको मुल्य बढेको छ। तोलामा ४ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंधले जनाएको छ।