कैलाली। धनगढीमा शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ। धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीको नयाँ भवन बगाएको हो।
बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको थियो। बाढीले भवन बगाएपछि अहिले बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।
बाढीले बिओपीको तीनमध्ये नयाँ भवन बगाएको हो भने बाँकी पुराना दुई वटा भवन समेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।