काठमाडौं। कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिने भएकाे छ। भवन निर्माणका लागि जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यले शिलान्यास समेत गरिसकेका छन्।
प्रदेश सरकारको ३ करोड २ लाख लगानी भवन निर्माण गर्न लागिएको छ। १६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको ठेक्का सम्झौता समेत भइसकेको छ।
अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो।