काठमाडौं। आज सुनको मुल्य घटेको छ। लगातार रेकर्ड तोड्दै आएको सुनको मुल्यमा आज सामान्य गिरावट आएको हो।
आज प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।