रामेछाप। रामेछापको सुनापति गाउँपालिको खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। उक्त विद्यालयको भवन निर्माण सम्पन्न भएर उद्घाटन गरिएको हो।
भवन निर्माणको काम अघिल्लो वर्ष नै पूरा भएपनि औपचारीक उद्घाटन भने यो वर्ष गरिएको विद्यालयले जनाएको छ।
उक्त विद्यालय भवनको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले उद्घाटन गरेका हुन्।
एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको अत्याधुनिक भवनमा १२ कोठा छन्।