काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकाभित्र सभागृह निर्माण गरिने भएको छ। उक्त उपमहानगरपालिकाभित्र अत्याधुनिक सभागृह निर्माण गरिने भएको हो।
पालिकाभित्र निर्माण गरिने उक्त अत्याधुनिक सभागृहको इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले शिलान्यास गरेका हुन्।
२० करोड ९५ लाख ९५ हजार लागतमा निर्माण गरिने सभागृहको झापाको दमकस्थित भगवती जे एन्ड जेभी कम्पनीले निर्माण गर्ने भएको छ।
तीन तलाको निर्माण गरिने सभागृहमा पाँच सय मान्छे अटाउने उपमहानगरपालिकाले जनाएको छ।
उक्त उपमहानगरपालिका भित्र हालसम्म पनि व्यवस्थीत सभाहल नहुँदा कुनै पनि कार्यक्रम गर्दा हल भाडामा लिनुपर्ने बाध्यता रहेको थियो। अब सभाहल निर्माण भएपछि सहज हुने पालिकाले जनाएको छ।