काठमाडौं। भक्तपुरको महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड १३ लाख रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो।
भारत सरकारको सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तले विद्यालय भवन निर्माण
गरिएको हो।
नवनिर्मित भवनको प्रतिनिधिसभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराई र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन्।