दाङ। जिल्लाको लमहीनगरपालिका–५ रातोडाँडामा सभाहल निर्माण गर्न सुरु गरिएको छ। ३३ करोड भन्दा बढी लागतमा उक्त सभाहल निर्माण सुरु गरिएको हो।
एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत (भ्याटसहित) ३३ करोड २१ लाख रुपैयाँ लागतमा सभाहल निर्माण भइरहेको बताइएको छ।
उक्त निर्माणाधिन सभाहलको स्ट्रक्चर निर्माणको काम सकेर अहिले फिनिसिङको काम भइरहेको आयोजनाले बताएको छ।
उक्त नगरपालिकामा सभाहल नहुँदा बाहीरनै कार्यक्रम गर्नुपर्ने बाध्यता थियो। कहिले घामको पिर त कहिले पानीको अब नयाँ सभाहल निर्माण भएपछि यस्ता समस्याबाट गुज्रिनु नपर्ने भन्दै स्थानीयले खुशी भएको बताए।