काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज तोलामा १ हजार ५०० रुपैयाँले सुनको मुल्य बढेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। आज चाँदीको मुल्य तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।