नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण गर्न सुरु गरिएको छ। सूर्यगढी गाउँपालिका–३, तीनथुम्कीमा भवन निर्माण गर्न थालिएको हो।
११ करोड ९३ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनमा नगरपालिकाले ४० प्रतिशत लगानी गर्नेछ।
ठूलो हलसहित २९ कोठाको भवन साढे तीन तलाको हुनेछ। डेड वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको पालिकाले जनाएको छ।