काठमाडौं। आज सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ। तोलामा चारसय रुपैयाँले बढेर सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको हो।
आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ।