पाँचथर। जिल्लाको गयाङवरक गाउँपालिकाले बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ। गाउँपालिकाको वडा नं ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो।
उक्त नवनिर्मित कभर्डहलको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले उद्घाटन गरेका हुन्।
सङ्घीय र कोशी प्रदेश सरकारको सहयोगमा चार करोड ३५ लाख लागतमा उक्त कर्भडहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
उक्त कभर्डहल निर्माण गरेपछि ब्याडमिन्टन, भलिबल तथा मार्सलआर्टका तेक्वान्दो, कराते, उसु, कबड्डीलगायत खेल सञ्चालन गर्न अन्यत्र जानुपर्ने बाध्यता हटेको गाउँपालिकाको भनाइ छ।