धादिङ। जिल्लाको सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास गरिएको छ। ११ करोड ६ लाख लागतमा प्रशासकीय भवन निर्माणको शिलान्यास गरिएको हो।
उक्त भवन निर्माणको जिम्मा जलकुनी निर्माण सेवाले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी पाएको छ।
नयाँ निर्माण हुने भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य, पूर्वअर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गरेका हुन्।