बागलुङ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण भएको स्वास्थ्यचौकी भवन हस्तान्तरण गरिएको छ। मंगलबार सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो हस्तान्तरण गरेको हो।
भवनको साँचो लिँदै अध्यक्ष कँडेलले स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुने जानकारी गराए। उनले यहाँबाट पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना भएकाले जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालन गर्ने जानकारी समेत गराए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ६ करोड १२ लाख लागतमा निर्माण गरिएको भवन २ तलाको छ।