जुम्ला। जिल्लाको हिमा गाउँपालिकाको सामुदायिक विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। विद्यालयमा मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको हो।
गाउँपालिकाको कुडुमा रहेको महादेव आधारभूत विद्यालयको चार कोठे मैत्रीपूर्ण विद्यालय भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ। उक्त भवन ६३ लाख लागतमा निर्माण गरिएको हो।
उक्त भवनको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका हुन्।