बाँके। बाँकेको बैजानाथ गाँउपालिका–३ मा बन्दै गरेको क्षेत्री कारागारको काम पाँच वर्षमा चार प्रतिशत पूरा भएको छ। वि.सं. २०७३ साल कार्तिक ८ गते सम्झौता भएको कारागार निर्माण कार्य हालसम्म चार प्रतिशत मात्र पूरा भएको हो।
सम्झौता भएको तीन वर्षमा सक्ने भनिएको भए पनि विभिन्न परिस्थितिका कारण ढिला भएको काम अब चैतसम्ममा सबै काम गरिसक्नु पर्ने छ। निर्माणको जिम्मा पाएको रसुवा/पप्पु जेभिले लकडाउनका कारण थप गरिएको मितिसम्ममा काम गरिसक्ने बताएको छ।
करिब १० बिघा क्षेत्रफमा बन्न लागेको कारागारमा ८ वटा जेल कैदीबन्दीका लागि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टा छुट्टै ब्लकहरु, क्यान्टिन वर्कसपहरु गरी करिब २५ वटा भवनहरु निर्माण हुन लागेको छ। हाल पहिलो चरणका लागि १५ सय बढी कैदीबन्दीहरु राख्ने क्षमता रहेको बताइएको छ।
०७७ कार्तिक ७ गतेसम्म निर्माण सक्ने लक्ष्य रहेको भए पनि कोरोनाका कारण काममा केही ढिलाई भएको रसुवा जेभिका प्रतिनिधिले बताए।