काठमाडौं। आज पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोलामा ७ सय रुपैयाँले बढेर सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।