बागलुङ। जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल भवन निर्माण सम्पन्न भएको छ। बिहुँमा पाँच शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको हो।
नयाँ भवन दुई तलाको बनेको छ। जसमा ५३ वटा कोठा रहेको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ करोड १२ लाख लागतमा पाँच शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको गाउँपालिकाको भनाइ छ।
पाँच शय्याको अस्पताल निर्माण भएपछि अब उपचारको लागि धेरै खर्च र लामो समय खर्चेर टाढा जान पर्ने बाध्यता हटेको भन्दै स्थानीयले खुशी ब्यक्त गरेका छन्।