रुसुवा । जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काम ४८ प्रतिशत सकिएको छ । २०७७ असोजदेखि कामलाई गति दिएको आयोजनाले हालसम्म ४८ प्रतिशत काम सम्पन्न गरेको हो ।
आउँदो माघसम्ममा सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल काम सकाउने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ । आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको बताइएको छ ।
२०७८ सालभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको भएता पनि विभिन्न समस्याका कारण निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।
निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा ७ करोड ९६ लाख ७० हजार ४ सय ८३ किलोवाट घण्टा विद्युत् उत्पादन गर्नेछ ।