काठमाडौं। आज पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोलामा ३ सयले बढेर सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको हो।
आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।