काभ्रे। काभ्रेमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ। काभ्रेको रोशी गाउँपालिका– ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरेर शनिबार बिहान १० वटा घर बगाएको हो।
घर बगाउँदा मानविय क्षतिको बारेमा भने थप विवरण आउन बाँकी छ। उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ भएपनि बाटो बिग्रेका कारण जान नसकेको बताइएको छ।
त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न नसकेको प्रहरीले जनाएको छ।