फाइल तस्बिर
काठमाडौं। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका तीस वटा घर बाढीले बगाएको छ। अविरल वर्षाका कारण आएको बाढीले सिस्नेरी बजारका ३० वटा घर बगाएको हो।
त्यसैगरी इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। बाढी तथा डुबानका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।
वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको छ।