फाइल फोटो
सोलुखुम्बु। जिल्लामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ। दुईवटा घर बगाउँदा पाँचजनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोलुदूधकुण्ड–९ स्थित २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन्।
यस्तै, पहिरोले घर बगाउँदा सोलुदूधकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।