काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ८ सयले बढेको हो।
आज सुनको मुल्य तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज तोलाको १९३५ रुपैयाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ।