सुर्खेत। जिल्लाको चिङ्गाड गाउँपालिका–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्गको भवन निर्माण सम्पन्न भएको हो।
निर्माण सुरु भएको १२ वर्षपछि उक्त भवन निर्माण सम्पन्न भएको हो। निर्माण सम्पन्न भएको भवन क्याराभान केआरजेभी सुर्खेतले निर्माण गरेको हो।
भ्याटसहित तीन करोड ६२ लाखमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले जनाएको छ। असारमा भवन निर्माण सकेर हस्तान्तरण गरेको कम्पनीले बताएको छ।