सोलुखुम्बु। जिल्लामा रहेको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माण थालिएको सोलु कोरिडोर प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।
एउटा टावर मात्र ठड्याउन बाँकि निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको काम अब एक सातामा पूरा हुने भएको हो।
टावर ठड्याउने काम सकिएपछि तार तान्ने काम एक सातामा सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनको तयारी शुरु गर्ने आयोजनाले जनाएको छ।
भौतिक संरचना निर्माणको काम सकिएपछि सञ्चालन गर्नुअघि प्रसारण लाइनको रुटमा पर्ने रुख विरुवाको अवस्था जाँच गरिने छ। ९० किलोमिटर प्रसारण लाइनको अधिकांश रुट ४ वर्षअघि नै निर्माण भएकाले सम्बन्धित जिल्ला वन कार्यालयको स्वीकृति लिएर रुख विरुवाको कटान गर्नु पर्ने वा नपर्नेबारे हेर्न आवश्यक रहेको आयोजनाले बताएको छ।