दमौली। जिल्लाको व्यास नगरपालिका–३ मा भवन निर्माण अन्तिम चरणमा पुगेको छ। तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माणको अन्तिम चरणमा पुगेको हो।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले रु ६५ लाख लागत विनियोजन गरेर भवन निर्माण गरिएको बताइएको छ।
सात वर्षदेखि अलपत्र भवन हाल निर्माणको अन्तिम चरणमा पुगेको हो। लामो समयदेखि अलपत्र भवन निर्माणको अन्तिम चरणमा पुग्दा स्थानीय पनि खुशि भएका छन्।
अब सहज रुपमा सेवा उपभोग गर्न पाउँने आशा पलाएको उनिहरुले बताए।