काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरको भवन निर्माण सम्पन्न भएको छ। पाँच करोड ४८ लाख ८५ हजारको लागतमा भवन निर्माण पूरा भएको हो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले नवनिर्मित भवनबाट बिहीबारदेखि सेवा प्रवाहको शुभारम्भ गरेका छन्।
सेवा प्रवाहको शुभारम्भ गर्दै उपकुलपति बरालले नयाँ भवनबाट तीन वटा प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उपलब्ध हुने बताए।