काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज तोलामा ४ सय रुपैयाँले सुनको मुल्य बढेको हो।
आज प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३० रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।