काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माण गरिने भएको छ।भवन निर्माणका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार शिलान्यास गरेका छन।
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने भएको हो।