काठमाडौं। आज बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छलफल हुने भएको छ।
आज बस्ने प्रतिनिधिसभाको बैठक अघि साढे ११ बजे बस्ने परामर्श समितिको बैठकमा एमसीसीबारे छलफल हुने भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको समितिको बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ।
गत हप्ता एमसीसीले नेपाललाई प्रस्तावित एमसीसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको थियो।
गत मंगलबार अमेरिकाको वासिङटन डिसीमा बसेको एमसस्सी सञ्चालक समितिको बैठकले एमसीसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको थियो।
एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। एमसीसी पास गर्ने र नगर्ने भन्ने विषयमा संसदमा दुई विचारबीच लामो समयदेखि सहमति हुन नसक्दा यसबारे टुंगो लाग्न सकेको छैन। नेपालमा विभिन्न राजनीतिक पार्टी लगायत विभिन्न संघसंस्थाले एमसीसीको विरोध गर्दै आएका छन्।