काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा अवस्थित मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको बताए। उनले बाजुराबासीलाई सम्बोधन गर्दै आफूहरु विपन्नतामा रहेको भनेर दुख नमान्न आग्रह गरे।
उनले यस ठाउँको कृषि, पर्यटनको विकास हुने, स्तरीय बाटो खुल्ने र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुने आश्वासन समेत दिए।