काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवन निरीक्षण गरेका छन्। मुख्यमन्त्री सिंहले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल निर्माणाधीन भवनको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले भवनको प्रगतिबारेमा जानकारी लिए। निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने बताइएको छ।
भवन सात करोड लगानीमा प्रदेश सरकारको निर्माण गरिरहेको हो।