काठमाडौं। भरतपुर महानगरमा पर्ने पुंगी खोला क्षेत्रका संरचना भत्काउन सुरु भएको छ। भरतपुर महानगरले संरचना भत्काउन घरधनिलाई दिएको समयभित्र नै घरधनिले संरचना भत्काउन थालेका हुन्।
अहिले नारायणगढको लायन्स क्लबको पाँच तले भवनका धनि आफैंले कामदार लगाएर भत्काइरहेका छन्। पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गामा बनेको भवनमा महानगरले डोजर लगाएर थप धनजनको क्षति नपुग्ने गरी भवन भत्काउन सम्बन्धित घरधनीलाई समयसीमा दिएको थियो।
अतिक्रमित संरचना हटाउन पटक पटकको सूचना दिइएको र आफै संरचना भत्काउन अनुरोध गरिएको महानगरले जनाएको छ । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिने र डोजर लगाउने चेतावनी समेत दिएको छ।