काठमाडौं। बाढीपहिरो प्रभावितका लागि स्थायी आवास बनाउन अध्ययन सुरु गरिएको । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकमा स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जानकारी दिइएको हो।
बैठकमा गृह सचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए ।
बैठकमा सांसदहरूले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन समेत भएको बताएका छन्।