काठमाडौं। बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीले आयोजनामा एक अर्ब ८० करोड रूपैयाँ बराबरको क्षति पुगेको हो।
अबको तीन हप्ताभित्र आयोजना सञ्चालन गर्ने गरी मर्मत कार्य भइरहेपनि सम्पूर्ण मर्मत कार्य पूरा हुन भने ६ महिना लाग्ने आयोजनाले जनाएको छ।
अहिले आयोजनाबाट विद्युत उत्पादन ठप्प हुँदा दैनिक चार करोड रूपैयाँ आम्दानी समेत गुमाउनु परेको छ।