तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन अस्पतालको काम हालसम्म ९० प्रतिशत पूरा भएको छ। कात्तिक मसान्तभित्र पूरा गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको १० शय्या अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको हो।
२०८० जेठ १० गतेभित्र सम्पन्न गर्नेगरी २०७८ जेठ २ गते ऋषि शक्ति–होम निर्माण जेभी कम्पनीसँग भवन निर्माणका लागि सम्झौता गरिएको थियो।
हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम सात करोड ३४ लाख ५० हजारमा भवन निर्माणका लागि ठेक्कामा लगाइएको थियो।